कालिकोटमा भारी हिमपात हिमाली भेग सेताम्या

पुष १४,कालिकोट  । मंगलबार रातिदेखि लगातार परेको बर्षासंगैकाे  हिमपातले कालिकोटको सदरमुकाम सहितका  हिमाली  भेग  सेताम्या भएका छन्  ।

लगातारको भारी हिमपातले सदरमुकामकाे आर्मी ब्यारेक  लेकाली भेग शुभकालिकाको चङखेली लेख, केल्छाना,रास्काेटकाे सिप्टी,बिसालि,खाँडाचक्रकाे चुलिमालिका,तिलागुपाकाे छार्बे,पुघ नरहरिनाथकाे माल्काेटकाे लेकालि भेग लगाएतका क्षेत्रमा  हिउँ परेको  स्थानीयले बताएका छन् ।

रातिदेखि परेको हिउँले हिमाली भेगका  वासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको नरहरिनाथबाट दानबहादुर बाेहाेराले जानकारी दिए।उनले भने,रातिदेखि हिउँ परेको छ भेडा,बाख्रा गाईबस्तुलाई चरिचराउ गर्न चिसोले समस्य भएको छ।

जिल्लाका सबै स्थानीयतहका लेकालि भागमा हिउँ परेको कारण   जिल्लामा चिसो वढेपछि सबै भन्दा वढी मारमा पशुपालक किसान परेका छन्। खाँडाचक्र नगरपालिका वडा नं ८ का पशुपालक दत्तवहादुर मल्लले चिसोका कारणले भेडा,बाख्राका साना पाठा मर्ने खतरा रहेको वताए।