महाबु दर्शनको लागी यात्रा सहज बनाउन दैलेख र महावै बिच छलफल

दैलेख।  प्रसिद्ध धार्मिक पर्यटकीय स्थल महाबु लेखमा लाग्ने शिवजी मेलाको पूर्व सन्ध्यामा कालिकोट महाबै गाउँपालिका र दैलेख नारायण नगरपालिका,नौमुले र महाबु गा.पा.ले भक्तालुहरुको सजिलोको लागि संयुक्तरुपमा सडक निर्माण गर्ने भएका छन् ।

कालिकोट महाबै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंङले विहिवार दैलेख नारायण नगरपालिका,नौमुले र महाबु गाउँपालिका सरकार प्रमुख सँग भेट गरी  आफ्नो आफ्नो क्षेत्रको भाग परेको सडकलाई बनाउने सहमती भएको जानकारी दिए ।

अध्यक्ष सिङका अनुसार नगरक्षेत्र दैलेख बजार देखि ओखडबास सम्म नारायण नगरपालिका दैलेख, ओखडबास देखि महाबु लेख सम्म नौमुले गापा र महाबु गापा दैलेख र महाबु देखी सिम्खेत सम्म महाबै गाउपालिका कालिकोटले सडक बनाउने गरी सहमति भएको जानकारी दिए । मेला यहि साउन २६ गते महाबु लेखमा लाग्ने भएको छ ।