एमाले अधिवेशन: ओलीको निर्देशन विपरित गुलावजंगले गरे गुटबन्दी

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्ष पदका उम्मेदवार गुलावजंग शाहले गुटबन्दी गरेका छन्। शाहले आफ्नो टिमको नाम लिस्ट नै सार्वजनिक गरेका हुन्। उनले चरम गुटबन्दी गरेको छताछुल्ल भएको छ।

गुलावजंग शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन विपरीत आफ्नो प्यानल नै बनाएर लिस्ट सार्वजनिक गरेका छन्। गुलावजंग शाहले सार्वजनिक गरेको उक्त उम्मेदवारहरुको नाम लिस्ट सामाजिक सञ्जालभर भाइरल भइरहेको छ।

कर्णाली प्रदेश अधिवेशनमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गरेका थिए।

सकेसम्म सर्वसम्मत नेत्तृव चयन गर्ने यदी नभएर चुनाव लड्नुपर्ने तर, प्यानल बनाएर चुनाव लड्न नपाई निर्देशन दिएका थिए। तर, कर्णालीमा ओलीले भनेको ठ्याक्कै उल्टो भएको छ।
एमाले एक केन्द्रीय सदस्यका अनुसार एमालेका पोटिलब्यूरो सदस्य जाजरकोटका भैरवसुन्दर श्रेष्ठनै अध्यक्षका उम्मेदवार गुलावजंग शाहको लिष्ट बाँड्दै हिँडेको अरोप लगाएका छन्।

गुलााबकाे गुट

यसअघि कर्णाली प्रदेश अधिवशेनका लागि एमाले सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्टको अध्यक्षतामा बनेको अध्यक्ष मण्डलले कुनै पनि उम्मेदवारले यसरी लिस्ट बाँड्न नमिल्ने र यदी बाँडेको भेटिएमा उम्मेदवारी खोरजी गर्नेृ निर्णय गरेको थियो। तर, आचारसिंहता विरुद्ध उम्मेदवारको लिस्ट बाँडिरहे पनि अध्यक्ष मण्डलले कुनै एक्कसन लिन सकेको छैन्।