
श्रावण १३,कालिकाेट। मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक नेपाल) कालिकोटद्वारा सञ्चालित भकारी परियोजनाले कालिकोटको कोभिड – १९ अस्पताल र जिल्ला अस्पताल कालिकोटलाई अक्सिजन सिलिन्डर वितरण गरेको छ ।
अक्सिजन सिलिन्डरसँगै अक्सिजन उत्पादन गर्ने मेसिन पनि जिल्ला अस्पताल कालिकोटलाई वितरण गरेको भकारी परियोजनाका कार्यक्रम संयोजक धुव्र सुनारले बताए । बढ्दै गएको कोरोना भाइरस (कोभिड – १९) को संक्रमणबाट अक्सिजनको अभावमा कसैको मुत्यु नहोस भन्ने उदेश्यले अक्सिजन सिलिन्डर वितरण गरेको हुरेन्डेकका अध्यक्ष जजराज शाहीले बताए ।
उनले भने मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटले आपत विपदमा उद्धारका कार्यहरु गरिरहेकोले कोभिडको समयमा पनि विभिन्न किसिमका राहत वितरणसहित स्वास्थ्य सामग्रीहरु समेत हुरेन्डेकमार्फत विभिन्न परियोजनाले गरेको अध्यक्ष शाहीले बताए ।
उपाध्यक्ष विरेन्द्र बहादुर बुढाले हुरेन्डेक नेपाल कालिकोटले यस जिल्लामा विभिन्न किसीमका विकास निर्माणका कामहरु गर्नुका साथै बालवालिका र युवाको क्षेत्रमा विशेष गरी ठूलो भुमिका खेलेको बताए । जिल्ला अस्पताल कालिकोट र कोभिड – १९ विशेष अस्पताल कालिकोटमा २० पिस अक्सिजन सिलीन्डर वितरण गरेको छ ।
४ लाख ४० हजार बराबरको मूल्य पर्ने अक्सिजन सिलीन्डर सहित ११ लाख ५५ हजार बराबरको अक्सिजन उत्पादन गर्ने १० वटा मेसिन समेत हस्तान्त्रण गरेको हो । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका स्वास्थ्य व्यवस्थापक कटक बहादुर महतलाई सामान हस्तान्त्रण गरिएको हो ।
मर्सिकोर नेपालको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटले भकारी परियोजना मार्फत अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।शाैर्यदैनिक बाट
karnalipress
१३ श्रावण २०७८, बुधबार २०:४१