
ललित बिष्ट,असाेज ५,कालीकोट। जिल्ला प्रहरी कार्यालय कालिकोटले वहुविवाह कसुर ठहर भएका फराहर अभियुक्तलाई पक्राउ गरेको छ । सर्वोच्च अदालतको मिति २०७७, साल असार ४ गते अन्तिम फैसला अनुसार जनही ५ हजार जरिवान र १ वर्ष कैद ठहर भएका बहुबिबाह मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा कालीकोट जिल्लाको पलाता गाउाँपालीका वडा नं. ७ बस्ने वर्ष ३९ का वृज खत्री र निजकी श्रीमती वर्ष ३९ की फुलथुङ्गा विष्टलाई ईलाका प्रहरी कार्यालय थिर्पुको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत कालिकोटमा वुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी प्रहरी निरिक्षक भुपेन्द्र शाहीले वहुविवाह कसुर ठहर भएका खत्री दम्पतीलाइ अदालतको आदेशमा कैद भुतानका लागि जिल्ला कारागार कालीकोटमा पठाईएको वताउनुभयो ।
अदालनका फैसला कार्यन्वनयका लागि कालीकोट प्रहरी सक्रिय भएर लागेको पाईएको छ । वहुविवाह, जवजस्तीकरणी, बैकं कसुर लगाएतका मुद्धामा कसुर ठहर भएका ब्यक्तिलाई प्रह्रीले क्रमस पक्राउ गदै अदालतमा पेस गर्ने गरेको छ ।



karnalipress
५ आश्विन २०७८, मंगलवार २०:०८