चैत २९,कालिकोट । नेकपा एमाले शुभकालिका गाउँपालिकाबाट आगामी स्थानीय तहको चुनावका लागि अध्यक्ष पदमा भरतराज धिताल सर्वसम्मत सिफारिस भएका छन् । उनलाई आज बसेको बैठकले अध्यक्षमा चयन गरेको हो । उनी नेकपा एमाले कालिकोटका प्रदेश सदस्य समेत हुन ।
उक्त पालिकाको अध्यक्षमा २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट खडानन्द चौलागाई विजयी भएका थिए । उनी हाल नेकपा एसमा प्रवेश गरिसकेका छन् । नेकपा एमाले शुभकालिकामा गाउँपालिकाबाट बैशाख ३० गतेको स्थानीय तहको चुनावका लागि अध्यक्ष पदमा भरतराज धिताल सर्वसम्मत गरेपछी स्थानिय खुसी भएका छन् ।
गाउँमा राजनिति चहल पहल समेत बढिरहेको छ। शुभकालिका गाउँपालिकाका नागरीकको हितकोलागि कामगर्न पार्टीले आफुलाई आगामी स्थानीय तहको चुनावका लागि अध्यक्ष पदमा सर्वसम्मत गरेको नेता भरतराज धितालको भनाई छ।
karnalipress
२९ चैत्र २०७८, मंगलवार २१:२६