
२७ कार्तिक,कालीकाेट । नेकपा एमाले कालीकोटले १५ जना एमाले महाधिवेशन प्रतिनिधि निरविरोध निर्वाचित गरेको छ।नेकपा कम्युनिष्ट पार्टी एमालेको १० औँ राष्ट्रिय महाधिवेशनकोलागि कालीकोट जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनौट गरेको हो ।
निर्वाचन मण्डलका संयोजक पुष्प गिरीका अनुसार खुलाबाट नगेन्द्र शाही नेशनल, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, जसिप्रसाद पाण्डे,राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा, वकिल बम निरविरोध निर्वाचित भएका हुन्न।
यस्तै महिलाबाट पार्वती सिंह र तारा शाही छानिएका छन् दलितबाट नरपति लुवार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली चुनिएको नेकपा एमाले कालीकोटले जनाएको छ ।
कार्यक्रमा बोल्दै पार्टी अध्यक्ष नगेन्द्र शाही नेशनलले “कुनै जिल्लामा कमि नहुने गरी चितवनमा हुने कार्यक्रमा कालीकोटबाट बेजोड सहभागिता रहने बताउनुभयो। उहाँले भन्नु भयो,लोकतन्त भनेको यही हो, ७,३२७ पार्टी सदस्यको बिचबाट १५ जना प्रतिनिधि निरविरोध निर्वाचित हुनु पार्टीका बिभिन्न जनब्रगिय संगठमा संर्वसहमत नेतित्व चएक हुनु,यो प्रदतीले नेकपा एमाले कालीकोट जिउदो राख्न सक्छ।”
यस्तै नेकपा एमाले कालीकोटले २२ गते देखि प्रतिनिधि छनोट गर्न थालेको थियो एमालेले २७ गते सर्वसहमत पार्टीको महाधिवेशन प्रतिनिधि छनोट गरेको निर्वाचन मण्डलका संयोजक पुष्प गिरीले जानकारी दिनुभयो । निर्वाचन मण्डलमा सहयोग पुगाउर्ने पबित्र कुमार शाही, सुमन कुमार बम, रबिन्द्र शाही लगाएत ९ सदस्य निर्वाचन मण्डलले १५ जना महाधिवेशन प्रतिनिधिलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गनुभएको थियो ।



karnalipress
२७ कार्तिक २०७८, शनिबार १५:२२