कालिकोट कारागारका ३ जनाको कैदमिनाहा

ललित बिष्ट फाल्गुन ७,कालिकोट । कालिकोट जिल्ला कारागारमा कैदीबन्दी जीवन बिताइरहेका ३ जनाको कैदमिनाहा भएको छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती कैदीबन्दीको कैदमिनाहा गरीकी हुन् ।

कालिकोट कारागारबाट कैदमिनाहा हुनेमा नरहरिनाथ गाउँपालिका-८ का कर्तव्य ज्यान मुद्दाका मेमकोसा बिष्ट,रास्कोट नगरपालिका-३का  सवारी ज्यान मुद्दाका रंगलाल धमला र खाँडाचक्र नगरपालिका-१०का बहुविवाह मुद्दाका मन्जन शाहीगरी जम्मा ३ जनाको कैदमिनाहा भएको हो।

उनीहरू कर्तव्य ज्यान,सवारी ज्यान र बहुविवाह मुद्दामा आधा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरु रहेको जिल्ला कारागार कालिकोटका प्रमुख नरबहादुर रार्कीले जानकरी दिए । दशैमा पनि कालिकोट कारागार बाट १२ जना कैदीबन्दीले कैदमिनाहा पाएका थिए।