खनाललाई भेट्न डल्लु पुगे प्रचण्ड

भाद्र १६ ,काठमाडाैं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रचण्ड खनाल निवास डल्लु पुगेका थिए ।

 सोमबार  भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्किएका खनालको स्वास्थ्य अवस्था बुझ्न र समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रचण्ड त्यहाँ पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।  भेटमा प्रचण्डले खनालको स्वास्थ्य लाभको कामना गरेका छन् ।