स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरु संग समावेशी योजना गोष्ठि सम्पन्न ।

कालिलोट : स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरु संग समावेशी योजना बिषयक एक दिने गोष्टि आज सान्नी त्रिवेणि गाउँपालिकामा सम्पन्न भएको छ । यूरोपिएन यूनियन, सहकर्मि समाज, दलित विकास समाज, दलित महिला केन्द्र नेपाल, आई एम स्विडिस डेभलप मेन्ट पार्टनर र तेर दे जोमको आयोजनामा सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत दलित महिला केन्द्र नेपालको आयोजनामा एक दिने गोष्टि सम्पन्न भएको छ । सान्नी त्रिवेणि गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसि( महेश) को अध्यक्षतामा संचालन भएको कार्यक्रममा वडा नं १ देखि ९ सम्मला वडा अध्यक्ष महिला वडा सदस्य दलित महिला केन्द्र नेपालकी संस्थापक अध्यक्ष गौरा नेपालि पत्रकार लगायतको उपस्थितिमा रहेको थियो । निर्वाचित जनप्रतिनिधिहरुले समावेशी योजना कसरि बनाउने समावेशी योजना बनाउदा जनप्रतिनिधिको भुमिका समावेसि योजना भनेको के हो, यसको महत्व के छ भन्ने बिषयमा ब्यापक छलफल गरिएको छ । योजना बनाउदा सबै वर्गको सहभागीता र योजनाको आवश्यकता भएको ब्यक्रिलाइ एक ठाउमा ल्याएर योजना बनाउन सकेमा मात्र समावेशी योजना हुने प्रशिक्षक ललितजड. शाहीले बताउनुभएको छ ।