स्वास्थ्यको अधिकारक सम्बन्धि अन्तरक्रिया सम्पन्न

कालिकोट। इन्सेक कालिकोट र शुभकालिका गाउँपालिका स्तरीय मानव अधिकार समुहको सहकार्यमा  स्वास्थ्यको अधिकारसम्बन्धि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम शनिबार शुभकालिकामा सम्पन्न भएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले कार्यक्रमको उद्देश्यमाथि प्रस्ट पारेपछि शुभकालिका गाउपालिका स्वाथ्य इकाइ प्रमुख प्रमिला शाहीले गाउँपालिकाका सबै वडामा रहेका स्वास्थ्य इकाहरुमा आवश्यक औषधी र उपकरणको अभाव रहेको वताउनु भयो । उहाँले विद्यालयहरुमा बालिकाहरुलाई सेनिटरी प्याड फाल्ने खाल्डा नहुदा समस्या रहेको विद्यालयहरुबाट गुनासो आउने गरेको वताउनु भयो ।

कार्यक्रममा शुभकालिका बालअधिकार चेतना समुह चन्द्रसूर्य माविका अध्यक्ष यमुना आचार्यले विद्यालयका छात्राहरुलाई यौन तथा प्रजनन शिक्षा र सेनेटरी प्याड वितरण गर्नुका साथै प्याड फाल्नको लागि खाल्डा निमार्ण गर्नु पर्ने माग राख्नु भयो ।

शिक्षा शाखा प्रमुख पुष्पराज आचार्यले कुपोषणको समस्या समाधान गर्न स्वास्थ्य इकाईमार्फत स्वास्थ्य शिक्षा दिनु पर्नेमा जोड दिनु भयो । साथै उहाले गाउापालिकाले प्रत्येक विद्यालयमा एक जना नर्शको व्यवस्था गर्नु पार्ने वताउनु भयो ।

कार्यक्रमका सहभागिहरुले स्थानीय स्वास्थ्य सस्थाबाट पाइने ३५ प्रकारका औषधीको र उपकरणको अभावलागएतका समस्या समाधान गर्न गाउँपालिकाले स्थानीय स्वास्थ्य रणनीति योजना बनाएर कार्यक्रम सञ्चालन गर्न र सञ्चालित कार्यक्रमहरुको प्रभावकारी अनुगमन गर्नु पर्नेमा जोड दिएका थिए ।