प्रेस सेन्टर कालीकोटको दोस्रो जिल्ला सम्मेलन सुरु,योगदान पुर्‍याउनेलाई सम्मान

कालीकोट २५,कार्तिक। प्रेस सेन्टर कालिकोटको दोस्रो जिल्ला सम्मेलन सुरु भएको छ । एक वडा एक पत्रकार सुचना र समृद्धीको आधार भन्ने मुल नाराका साथ जिल्लाको होटल एमदिपमा सम्मेलन सुरु भएको हो ।

प्रेस सेन्टरका अध्यक्ष अर्जुनप्रसाद भट्टराईको सभा अध्यक्षतामा भएको सम्मेलनमा नेकपा माओवादी केन्द्र कालिकोटका अध्यक्ष धनजित शाहीको प्रमुख आथित्यता, संगठनका केन्द्रिय आयोजक समितिका सदस्य दोय रत्न कार्की र मनीका बोहोरा, पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बम, जिल्ला समन्वय समितिका सदस्य नेत्रराज शाही, माओवादि केन्द्रका प्रदेश सदस्य गंगा खड्का बोगटी,र अन्य पार्टीका प्रेस संगठनका नेता र जिल्लाका नौ वटै स्थानिय तहवाट आएका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रेस सेन्टर कालिकोटको दोस्रो सम्मेलनवाट जनयुद्धमा संचार क्षेत्रमा काम गरेका पत्रकारलाई सम्मान गरेको छ । पत्रकार तथा कर्णाली संचार डटकमका संचालक रुपेन्द्र ऐडी,जिल्ला स्थित रेडीयो प्रदेश आवाज कालिकोट सम्मानित भएका छन ।साथै जनयुद्धको समयमा पत्रिका संचालन गरेर प्रचार प्रसार गरेका काशी बराल,देबीराम देवकोटा,कालि बहादुर महतारा,कदम बुढा, पर्व शाही,महारुद्ध आचार्यलाई सम्मान गरीएको हो।

यस्तै संचार क्षेत्र र प्रेस सेन्टरलाई पु¥याएको योगदानको कदरगदै पलाँता गाउँपालिका अध्यक्षलाई सम्मान गरीएको छ । सम्मेलनले नयाँ नेतित्व चयन गर्ने आयोजक समितिका संयोजक अर्जुन भट्टराईले जानकारी दिनुभएको छ ।