ललित विष्ट माघ २७ ,मान्म। शिक्षामा सुधार ल्याउनको लागि लगानी आवश्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले बताएका छन्। अखिल क्रान्तिकारी तिला कर्णाली बहुमुखी क्याम्पस इकाई समिति द्धारा आयोजित कार्यक्रममा बोल्दै लगानी विना शिक्षामा सुधार गर्न नसकिने बताएका हुन्।
सरकारले शिक्षामा आमुल परिवर्तन गर्न विभिन्न योजना बनाएको भएपनि लगानीको अभावले योजना प्रभावित ननेको उनको भनाई छ । उनले संघिय प्रणाली अनुसार शिक्षामा गुणस्तरीय शिक्षा लागुगर्न सरकारले विभिन्न रणनिति तथा योजना बनाएको बताए ।
सोही कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख प्रकासचन्द्र धितालले पनी शिक्षा क्षेत्र सुधारकाे लागी शिक्षा ऐन पनी स्थानीय तहले बनाउन नसकेको बताए । उनले संघिय प्रणालीमा शिक्षा निति,गुणस्तरीय शिक्षा,दक्ष र सक्षम शिक्षक ,विद्यालयको भौतिक र शैक्षिक सामाग्रीको पर्याप्ता, सामुदायिक र निजि विद्याल विच देखिएको असमानता,उच्च शिक्षाको अवस्था लगायत समग्र शिक्षा क्षेत्रमा परिवर्तन गर्न स्थानीय सरकार प्रदेश सरकार, र संघ सरकारले चासो दिनुपर्ने बताए ।
कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर ३ मा रहेको तिला कर्णाली बहुमुखी क्याम्पसमा शिक्षामा हाम्रो भुमिका विषेक बक्तित्वकला प्रतियोगिता भएको थियो। अखिल क्रान्तिकारी तिला कर्णाली बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा बक्तित्वकला समपन्न भएको हो ।
‘सम्पूर्ण बामपन्थि,प्रगतिशिल,देशभक्त तथा जनतान्त्रीक विद्यार्थीहरु एकजुट होऔं।’भन्ने नाराका साथ शिक्षा सुधारमा हाम्रो भुमिका विषेक बक्तित्वकला प्रतियोगितामा बक्तित्वकला प्रतियोगितामा चार जनाले भाग लिएका थिए ।
प्रथम राजेन्द्र विक,दृतिय र्सिजना आचार्य,तृतिय बर्मरुपा बम, र सान्तना बिरेन्द्र विक,सान्तना भएका छन्। कार्यक्रममा सान्नीत्रिवणी गाउँपालिका अध्यक्ष महेस केसीले शिक्ष क्षेत्र सुधार गर्न लागी परेको बताए । शिक्षामा हाम्रो भुमिका विषेक बक्तित्वकला प्रतियोगिताका प्रथम दृतिय र सामन्तना स्थान ल्याउने विद्याथिलाई पुरस्कार पनि वितण गरीएको को छ ।
कार्यक्रममा अखिल क्रान्तिकारीका हिक्मत सिंह,जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित शाही,सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष महेश केसी, जिल्ला खेलकुद विकासका अध्यक्ष गणेशबहादुर शाही,शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख प्रकासचन्द्र धिताल,दिपक बिष्ट,पत्रकार महासंघ कालिकोट सचिव खडानन्द्र अधिकारी शिक्षक,क्याम्पसका विद्याथिहरुको सहभागितारहेको थियो ।
karnalipress
२७ माघ २०७९, शुक्रबार १४:०७