दोस्रो कर्णाली गोल्डकपको उद्घाटन

असोज १०, कालिकोट। कर्णाली प्रदेश दोस्रो कर्णाली गोल्डकप प्रतियोगिता उदघाटन गरिएको छ। कर्णाली प्रदेशको अहिलेसम्मकै ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा कर्णाली प्रदेशका दश जिल्लाबाट खेलाडीहरु सहभागी हुने छन्।

‘खेलकुद, पर्यटन, संस्कृति विकासका लागि, विकास समाजका लागि’ भन्ने मुल नाराका साथ कर्णाली प्रदेश स्तरिय खुल्ला भलिबल प्रतियोगिता सुरु भएको लिंगासैनी युथ क्लबलका अध्यक्ष हिक्मतजंग मल्लले बताए।

यस्तै प्रथम हुनेलाई २ लाख, २२ हजार, २ सय २२ र द्वितीय हुनेलाई १ लाख, ११ हजार,१ सय ११ पुरस्कार राशिसहित ट्रफि र मेडलको व्यवस्था रहेको आयोजक लिंगासैनी युथ क्लबले जनाएको छ। हालसम्म १२ टिम खेलमा सहभागी भएका छन्।

लिंगासैनी युथ क्लबका अध्यक्ष हिक्मतजंग मल्लको अध्यक्षता, संविधान सभा सदस्य तुलाराज बिष्टको प्रमुख आथित्यता तथा सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष महेश केसी र नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टको विशेष आथित्यतामा प्रदेश स्तरिय भलिबल प्रतियोगिताको उदघाटन गरिएको हो।