कमल भट्टराई /२० भाद्र २०८१ सुर्खेत । ने,पा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डो¥याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । साथै प्रचण्डले समाज लाई भ्रमित गर्ने र नागरिक लाई त्रसित बनाउदै हिडेको समते बताएका छन्।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार (आज) सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन्।
‘माओवादी अध्यक्ष् प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्याउने काम भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ। प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन,’उनले भने, ‘त्यो लोकतान्त्रिक हुन सक्दैन ।’
आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको बताए। उनले राजनीतिक स्थायित्व र विकासका लागि नेपालमा दुई दल मात्र भए पुग्ने प्रतिक्रिया दिए । तर कांग्रेस एमालेले दुई दलीय व्यवस्थाको वकालत नगरेको स्पष्ट भएको उनले बताए ।
‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो । अमेरिकामा सयौं वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ । संसद्को जननी बेलायतमा अरु दल खोल्न नपाइने हो र ? तर दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ’ महासचिव पोखरेलले भने , ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन बलिया दुई दल भए पुग्छ भनेको हो ।
मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो । ’ अर्को फरक प्रसंगमा महासचिव पोखरेलले सरकारप्रति कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको बताए । उनले बाहिर आएर भनेको सुनेका छौं र ? कथा बताए । कांग्रेसको औपचारिक निर्णय–यो समीकरण कांग्रेसको मेहनतको परिणाम भन्ने छ । महामन्त्रीको सहमतिविपरीत पार्टीको त्यो निर्णय भएको होला ? पत्रकारले सोधेको प्रश्नमा पोखरेलले प्रतिप्रश्न गरे ।
०८४ मा एमाले बलियो शक्ति भएर आउँछ २०८४ मा एमालेलाई देशकै बलियो र राष्ट्रिय शक्ति स्थापित भएर छोड्ने ठोकुवा महासचिव पोखरेलले गरे ।
लोकतन्त्रलाई सुदृढ गर्न आवश्यक भएको बताउँदै महासचिव पोखरेलले त्यसका लागि बलियो शक्ति आवश्यक भएकाले ०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने बताए।
युवाहरूमा निकै निराशावाद पलाएको र ती युवालाई तत्कालै राज्यले रोजगारी दिने अवस्था नरहेको उल्लेख गर्नुभयो । तर त्यसका लागि सबै तहका सरकारले काम गर्नुपर्ने र निराशालाई चिर्न राज्य तयार हुनुपर्नेमा पोखरेलले जोड दिए।
एमाले–कांग्रेसको सरकार बनेपछि राजश्व वृद्ध हुन थालेको दाबी गर्नु भएका उनले नेपालको मौलिक संस्कृतिमाथि अतिक्रमण गर्ने काम भइरहेको उल्लेख गरे।
काठमाडौँका मेयर बालेन साह र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको टकरावलाई लिएर पोखरेलले बालेनले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न आवश्यक नभएको बताए । बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको उनको भनाइ थियो ।
नेकपा (एमाले) कर्णाली प्रदेशको सचिवालय बैठकलाई संवोधन गर्न सुर्खेत पुग्नु भएका महासचिव पोखरेल आजै काठमाडौं फर्कने कार्यक्रम रहेको एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजग शाहले जानकारी दिए।
karnalipress
२० भाद्र २०८१, बिहीबार १४:१५