
९ माघ,मान्म। कालीकोटको जितेबजार क्षेत्रमा कोरोना बिरुद्धको खोप लगाउन एक दिने घुम्ती शिविर सम्पन्न भएकाे छ।
खाँडाचक्र नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय कालीकोटकाे समन्वयमा स्वास्थ्यकर्मीहरुले घुम्ती शिविर सम्पन्न गरेका हुन्।
कोरोना बिरुद्धको खोप लगाउनबाट कुनै पनि नागरिक बन्चित नहुन भन्ने हेतुले घुम्ती शिविर गरिएको थियो ।
यस्तै कालीकाेट जिल्लामा पहिलाे मात्रा खाेप लगाउनेकाे जम्मा संख्या : ८१,९५३ जना,दोस्रो मात्रा खाेप लगाउनेकाे जम्मा संख्या : ४५,८०७ जना रहेको स्वास्थ कार्यालय कालीकाेटले जनाएको छ।
karnalipress
९ माघ २०७८, आईतवार १९:०४