भाद्र,१७ कालीकोट । कालीकोटको सदरमुकाम मान्मको मुख्य वजार र जिरो पईन्टमा गाडी पार्किङ्ग गरिदै आएको छ । वजार भित्रको सडक सागुरो भएपनि उसैमा यातायातका साधन प्रार्किङ्ग गरिदा पैदल आउजाउ गर्नेहरुलाई समस्या हुदा सम्म ट्रफिक प्रहरी बेखबर भएको छ ।
सडककै छेउमा गाडी पार्किङ्ग गरिदा कर्णाली लोकमार्गमा आउजाउ गर्ने यातायातका साधनलाई समेत समस्या हुदै आएको छ । सानो सडक त्यसैमा गाडी पार्किङ्ग अर्को गाडी आएमा निस्कनै मुस्कील हुने गरेको छ । दोहोरो गाडी आउदा पैदल आउजाउ गरिरहेकाले कसैको पसल होटल वा घरको आगनमा गएर सुरक्षित हुनु पर्ने वाध्यता रहेको स्थानीयको गुनासो छ ।
मान्ममा मेडिकल सञ्चालन गदै आउनु भएका दिपवहादुर शाहीले गाडी आउदा पैल हिडिरहेका र मोटरसाईकलमा यात्रा गरिरहेकाले घरको व्राण्डामा आएर सुरक्षित हुनु परिरहेको छ । ९ देखि ११ टनभार क्षमता भएका मालवहाक गाडी वजारमा आउदा उसैलाई ठिक्क हुन्छ । त्यसैमा सानो सडकको छेउमा पार्किङ्ग गरिएका यातायातका साधनले झन अप्ठेरो पारिरहेका हुन्छन शाहीले भन्नुभयो । प्रहरी यतैछन ।
वजारमा पार्किङ्ग गर्न नदिने भनेर पटक पटक कुरा सुनिन्छ, तर ब्यवहारमा कहिलै लागु नभएको स्थानीयको भनाई छ । मान्ममा ब्यापार गदै आउनु भएका उद्योग वाणिज्य संघ कालीकोटका अध्यक्ष रतनवहादुर शाहीले पटक पटकको निर्णयले समेत काम नगरेकाले अव वोल्न छोडेको वताउनुभयो । ब्यापारीको समान ल्याएर आएका गाडी प्रवेश बिहान ५ देखि १० वजे सम्म र साँझ ५ वजे पछि गराउने निर्णय भएपनि प्राईभेट गाडी र सार्वजनिक यातायात समितिका गाडी मुल वजारमै पार्किङ्ग गरिदा यस्तो समस्या हुने गरेको वताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले कुकुर पुच्छर जस्तै वेला वेला सोझाउनु परिरहेको वताउनुभयो । भाडा दर देखि पार्किङ्ग, वजारमा निमार्ण सामाग्री नथुपार्ने भनेर वेला वेला सुचना दिने केही दिन लागु हुने अझ बिस्तारै उस्तै जथाभावी गर्न थाल्ने प्रबृती हावि भएको वताउनुभयो । अव जिल्लाका सबै सरोकारवालाहरुलाई राखेर फेरी निर्णय गरी कार्यन्वयनमा लैजाने वताउनुभयो ।
karnalipress
१७ भाद्र २०७८, बिहीबार १८:०५