गोजु-रियो कराँते संघ कालिकोटको अध्यक्षमा मल्ल

ललित विष्ट, कालिकोट । नेपाल गोजु-रियो कराँते संघ कालिकोटको अध्यक्षमा हिक्मतजंङ मल्ल सर्वसहमत चयन भएका छन् । संघको आईतवार सम्पन्न कालिकोटको एक भेलाले हिक्मतजंङ मल्ल अध्यक्ष रहेने गरी संघको ११ सदस्यीय नयाँ नेतृत्व सर्वसहमतिले चयन गरेको हो ।

जसको उपाध्यक्ष रमेश बिक्रम शाही,सचिव प्रेमसिहं तिरुवा,सहसचिव संखक बुढा,काेषाअध्यक्ष सम्झना पाण्डे,संघको सदस्यमा तपेन्द विक,प्रजन बुढा,निरुता विक,भैरव शाही रहेका छन् ।

कार्यक्रममा नेपाल गोजु-रियो कराँते संघ कर्णाली प्रदेश अध्यक्ष डम्बर शाही र कराते महासंघ कर्णाली प्रदेशका अध्यक्ष हेमन्त मल्ल ठकुरीको उपस्थिति रहेकाे थियो । अन्तरप्रदेश राष्ट्रिय कराँते प्रतियोगिता २०८० कालागी कर्णाली प्रदेश स्तरीय छनोट प्रतियोगिताकाे अवसरमा नेतृत्व चयन  गरिएको छ।

स्वास्थयका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने मुलमन्त्रलाई आत्मसादगर्दै नवनिर्वाचित अध्यक्ष मल्लले खेलकुदले व्यक्तिलाई स्वस्थ बनाउने र व्यक्ति स्वस्थ भए विचार पनि स्वस्थ आउने र स्वस्थ विचारले राष्ट्र निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने हुँदा खेल क्षेत्रको विकासमा सबै लाग्नुपर्ने बताए । उनले कालिकोटको खेल क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् । कराते खेलबाट सिंगो जिल्लाको पहिचान स्थापित गर्नकालागि हर कदम अग्रसरगर्ने अध्यक्ष मल्लकाे भनाइ छ।