रास्कोटमा एमाले प्रवेश गर्नेको लर्को

ललित बिष्ट फाल्गुन २१,मान्म।  कालिकोटको रास्कोट नगरपालिकामा नेकपा एमाले प्रवेश गर्नेहरुको लर्को नै लागेको छ। शुक्रवार गरीएको एक कार्यक्रममा पाँच सय भन्दा बढीले पार्टी प्रवेश गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) रास्कोट नगरकमिटी द्घारा संगठन सुदृढीकरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले कालिकोटका ईन्चाज नगिन्द्र शाही नेस्नलको प्रमुख आथित्यता,एमाले कालिकोटका अध्यक्ष जसिप्रसाद पाण्डे,उपाध्यक्ष दयाराम सिमखडाको बिषेश आथित्यतामा कार्यक्रम गरीएको हो ।
कार्यक्रममा नेकपा माओवादी,नेपाली कांग्रेस,समाजवादी,राप्रपालगायत विभिन्न पार्टीबाट पाँच सय भन्दा बढी नेकपा एमालेमा प्रवेशगरेका छन।एमालेमा प्रवेश गर्ने सबैलाई पार्टी ईन्चाज शाहीले स्वागत गरेका थिए।