
कालिकोट । भदौ १० गते बलात्कार पछि हत्या गरि मकै वारिमा फालिएकी खाँडाचक्र नपा–६ दाँहाका १६ वर्षीया निरु विकको घटनामा संलग्न दोषी पत्ता लगाई कानूनी कार्वाहीको लागि स्थानीय प्रहरी प्रशासनलाई मानवअधिकार समूह खाँडाचक्रले ध्यानाकर्षण गराउने निणर्य गरेको छ ।
इन्सेकद्धारा खाँडाचक्र नगपालिकामा गठित मानवअधिकार समूहको वैठकले उक्त निणर्य गरेको हो ।
मानवअधिकार समूहका सह संयोजक दक्षिणा शाही (दर्पना) को अध्यक्षतामा र इन्सेक जिल्ला प्रतिनिधि कालीवहादुर मल्लको उपस्थितिमा वसेको वैठकले खाँडाचक्र नगरपालिकामा रहेका सवै घर खरमुक्त वानाउन स्थानीय नगरपालिको ध्यानकर्षण गराउने समेत निणर्य गरेको सदस्य कपुरे विकले जनाकारी गराउनु भएको छ ।
स्थानीय समूदायाको स्वास्थ्य,शिक्षा,खाद्य र आवासको अधिकार कियोस कार्याक्रम अन्तरगत मानव अधिकार समूहको गठन पूर्नगठन सम्वन्धि आज नेपाल पत्रकार महासंघको सभा हलमा वैठक वसेको हो ।



karnalipress
१० भाद्र २०७८, बिहीबार १७:०४