तिलागुफामा बालविवाह निषेधित वडा घोषणा

८ पुष,कालीकोट  तिलागुफा नगरपालिकाको वडा नंं.५ लाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ । बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सामाजिक सुरक्षामा प्रतिकूल असर पारेको ठहर गर्दै संघीय संरचनापछि जिल्लाकै दोश्रो बालविवाह निषेधित वडा घोषणा गरिएको हो ।

गाउँपालिकाको नेतृत्वमा वडानं.५ लाई बालविवाह निषेधित घोषणा गरिएको वडा नं– ५ का वडाध्यक्ष टिकाराम न्यौपानेले बताए । ‘अब बालविवाह गर्नेलाई कानून बमोजिम सजाय हुने छ,’ उनले भने,बालविवाह सधैंका लागि अन्त्य हुनुपर्छ ।’ उनले यो भन्दा पहिला गाउँमा बालविवाह धेरै हुने गरेको भए पनि अहिले बालविवाहको अभियान सञ्चालन गरी बालविवाहलाई रोक्न सफल भएको बताए ।

सेभ द चिल्डेन र किर्डाक नेपालको सहयोग र सहजिकरण तथा तिलागुफा नगरपालिकाको वडानं.५ को आयोजनामा एक सय ५० घरपरिवारले आफ्ना छोरा रोरीलाई बालविवाह सामाजिक विकृति र कानूनी अपराध भएको हुदा बालविवाह नराउने प्रतिबद्धता गरी बिहीबार बालविवाह निषेधित वडा धोषणा गरीएको छ ।

बालविवाह घोषणा अघि वडाका सबै  टोलवासीले प्लेकार्ड र ब्यानर बोकेर पञ्चेबाजासहित बालबालिका, किशोर,किशोरीले बालविवाह नर्गन र नगराउन अनुरोध गरेका थिए । कार्यक्रम कालिका माध्यामिक विद्यालय खल्लाघाटमा भएको थियो ।