कालिकोटका किशोर-किशोरीले लाए कोरोनाविरुद्धको खोप

१२ पुष,कालिकोट,  कालिकोटका किशोर-किशोरीले कोरोनाविरुद्धको खोप लगाएका छन्। जिल्लाका ८२ वटै वडाका विभिन्न १४१ बिध्यालयका किशोर-किशोरीलाई कोरोनाविरुद्धको मोर्डना खोपको पहिलो मात्रा लगाईएको हो । बिहान १० देखि ४ बजे सम्म २०६१ साल मंसीर महिना देखि २०६६ मंसीर महिनामा जन्मेका १२ देखि १७ बर्ष उमेर सम्मका १९ हजार ३० जना किशोर-किशोरीहरुलाई सो खोप लगाउन सुरु भएको छ ।

आज मात्र शुभकालिका गाउँपालिकामा ७२३,सान्नी त्रिवेणी गाउँपालिकामा ४३१,तिलागुफा नगरपालिकामा ७३६,रास्कोट नगरपालिकामा ८७९,पचालझरना गाउँपालिकामा ११८३ जना किशोर-किशोरीले खोप लगाएको स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी कटक महतले जानकारी दिनुभयो ।उहाँका अनुसार,‘अरु स्थानीय तहको तथ्याङक आउन बाकीँ  छ। यो अभियान आज देखि पैष १४ गते सम्म निरन्तर चल्ने छ ।’आज लगाएको कोरोनाविरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा माघ ११ गतेबाट लगाउन सुरु गर्ने स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।

यस्तै जिल्लाको खाँडाचक्र नगरपालिकाको जनजिवन माध्यामिक बिद्यालय ताडी ,पन्चदेव उच्च माध्यमिक  बिद्यालय मान्म र महादेव आधारभुत बिद्यालय बालमन्दिरमा स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी कटक महत,खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा संयोजक रबिन्द्र सेजुवाल,पत्रकार ललित बिष्ट लगाएतको टोलीले अनुगमन गरेको छ। अनुगमनका क्रममा खाँडाचक्रका यी बिद्यालयमा १२ देखी १७ बर्ष उमेरका किशोर-किशोरीको उत्साहा जनक सहभागिता रहेको पाईएको छ ।