बेसहारा बालकलाई सहयोग जुट्दै

असार १२,कालिकोट। जिल्लाको रास्कोट नगरपालिका – ४ का गुइया सार्कीका तीन भाई छोरालाई सहयोग जुट्न थालेको छ । छ वर्षअघि मृत्यु गुईया सार्कीका तिन जना छोरा साहरा बिहिन थिए । बुवाको मृत्यु र आमाले दोस्रो बिवाह गरेपछि तीन भाई साहरा बिहिन भएका थिए ।

नागरिक दैनिकमा जेष्ठ २९ गते बुवाको मृत्यु भयो, आमाले दोस्रो बिहे गरिन्, तीन बालकको बिचल्ली शिर्षकमामा समाचार प्रशासन भएपछि बालवालिकालाई सहयोगी मनवाट सहयोग जुट्न थालेको हो ।

सत्यासाई सेवा संगठन अन्तरगर्त सत्य साई केन्द्रका अध्यक्ष डाक्टर बिश्वदिप अधिकारीले बालकलाई लुगा र खानाका लागि दश हजार सहयोग गरेका छन् । उनले पठाएको रकम वालक सहित अबिभावकलाई हस्तान्त्रण गरिएको छ। प्वाईन्ट, टिसट, टउजर, जाके किनेर वालकलाई प्रदान गरिएको हो । डाक्टर अधिकारीले आफुले समाचार देखेपछि वालकलाई सानो भएपनि सहयोग दिन मन लागेर दिएको बताएका छन् । उनले स्थानीय सरकारले सहयोग नगरे पछि पनि आफ्नो केन्द्रले बालकलाई खानामा सहयोग गदै जाने बताएका छन् ।

यस भन्दा अगाडी एक गैरसरकारी संस्था सादा नेपालले पनि खाद्यान्नका साथै केही लगाउने कपडा सहयोग गरेको थियो । रास्कोट नगरपालिकाले पनि मौखिम कुरा गदै वालकलाई वस्ने घर वनाईदिने वचन दिएको छ । केही दिनमा सबै तयारी गरेर बस्नका लागि घर वनाईदिने नगरपालिकाले भनेको बालकका छिमेकी निल्चे सार्कीले बताईन्।

बालक अहिले जेठा बुवा नाता पर्ने साउने सार्कीसंग बस्दै आएका छन् । बुवाको मृत्यु र आमाले अर्को विवाह गरेर गएपछि १३ वर्षीय भरतलाई दुई भाइको पालन पोषणको जिम्मेवारी पनि आइलागेको छ । तर भरतसंग भाईलाई लालनपालन गर्ने कुनै उपाय थिएन । सबै जना भाई हात थाप्दै पेट भर्ने काम गदै आएका थिए । अहिले भने बालकका जेठा बुवा साउनेको घरमा वस्ने र सहयोगवाट आएको रकमवाट किनेर खाने गदै आएका छन् । भरत अहिले भाईको साहाराकालागि भारतमा काम गर्न गएका छन्