
आउन ५,कालिकोट । कालिकोटमा हाईस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दश जना घाईते भएका छन् । मृत्यु हुनेमा गाडिका सहचालक पचालझरना—५ बर्ष २० का तुफान बम रहेको प्रहरीले जनाएको छ ।
कालिकोटको मान्माबाट नाग्मजाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस खाँडाचक्र नगरपालिका–६ सिम्लेगाड खोलामा दुर्घटनामा परेको हो ।
दश जना घाईते मध्य दुई जनाको अवस्था गम्भिर र उनिहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भईरहेको कालिकोटका प्रहरी प्रमुख (डिएसपी) सिद्धराज न्यौपानेले बताए । दुर्घटनाको पुरा विवरण भने आउन बाँकी रहेको उनले बताए ।
घाइतेमध्ये खाडाचक्र(४ का २० वर्षीय दीपेन्द्र विक र महाबै(७ राम्नीकी २४ वर्षीया दर्शना सुनारको अवस्था जटिल रहेको छ । अन्य घाइतेको अवस्था सामान्य छ । अन्य घाइतेमा खाडाचक्र ८ की २० वर्षीया स्वस्तिका परियार र उनकी १ वर्षीया छोरी संस्कृति, महाबैकी दर्शनाकी १ वर्षीया छोरी युनिका, खाडाचक्र(८ का ३२ वर्षीय जनक परियार, २७ वर्षीया निर्मला परियार, सोही वडाका ७० वर्षीय बिस्नलाल चौलागाईं, २४ वर्षीय हस्त मल्ल, महाबै(७ की ५० वर्षीया रत्नकौरा सुनार छन् ।
घाइतेको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ । साँघुरो मोडमा धेरै स्पिडमा चलाएकाले गाडी अनियन्त्रित भई पल्टिएको प्रहरीको अनुमान छ । गाडी पल्टिएपछि चालक भागेको घाइते हस्त मल्लले जानकारी दिए ।



karnalipress
५ श्रावण २०७९, बिहीबार १७:४४