नि:शुल्क ३ महिने कम्प्युटर तालिम उद्घाटन

माघ १२,कालिकोट । जिल्लामा ३ महिने निःशुल्क बेसिक कम्प्युटर तालिम उद्घाटन गरीएको छ । खाँडाचक्र नगरपालिकाको आर्थिक सहयोग तथा डाइनामिक मल्टि टेक्निकल ट्रेनिङ्ग सेन्टरको आयोजनामा बिहिवार कार्यक्रम उद्घाटन गरीएको हो ।

खाँडाचक्र नगरपालिकाको लक्षीत बर्गहरुको लागी सिप मुलक कार्यक्रम अन्तरर्गत ३ महिने निःशुल्क बेसिक कम्प्युटर तालिम उद्घाटन गरीएको छ । डाइनामिक मल्टि टेक्निकल ट्रेनिङ्ग सेन्टरका शिक्षक ललित विष्टको अध्यक्षता तथा खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाहीको प्रमुख आथित्यतामा कार्यक्रम सुरु गरिएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीे अहिलेको प्रविधि युग भएकोले कम्प्युटर शिक्षाको महत्व बढ्दै गएको र यसको प्रयोग सम्वन्धी सीप सिकाउनु आवश्यक रहेको बताए । उनले भने नगरपालिकालाई शिक्षा क्षेत्रमा सुघार ल्याउनको लागी लक्षीत समुह, दलित, विपन्न परिवारकालाई शिक्षा क्षेत्रमा केही टेक्नीकल सिपहरु सिकाउन शिक्षामा सक्ष्म बनाउन यस्तो कार्यक्रम सुरु गरीएको बताए । उनले भने उत्कृष्ट नम्वर ल्याएर पास हुने विद्यार्थीलाई नगरपालिकाले व्यवास्थापन गर्ने बताए । कर्यक्रममा बोल्दै वडा नम्बर ६ का वडाअध्यक्ष दिनेश शाहीले नगरपालिकाले गरेको यस्तो कार्य राम्रो रहेको बताए । उनले भने नगरपालिकाको लक्षीत बर्गहरुका लागी सिपमुलक तालिम उपयोगी रहेने बताए ।

पत्रकार महासंघका सचिव खडानन्द अधिकारीले कार्यक्रममा सहभागिलाई राम्रो संग सिकाएको कुरा सिक्न र व्यवाहारमा लागु गर्न अनुरोध गरे । उनले नगरपालिकाको यस्तोकार्य फलदायीक रहेको बताए । नगरपालिकाको शिक्षा क्षेत्रमा केही सफलता हुने उनको विश्वास छ । कार्यक्रममा हरेक पालिकाले लक्षीत वर्गको कार्यक्रममा विल मिलाएर खाने गरेको सुनाउदै अरुपालीकाले पनी खाँडाचक्रको जस्तै कार्यक्रम गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाहीले कार्यक्रम सफलताको शुभकामना दिदै सबै विद्यार्थी नियमित सहभागी भई कम्प्युटर सम्बन्धी ज्ञान सिक्न सुझाब दिए । कार्यक्रममा सभाअध्यक्ष ललित विष्टले कार्यक्रममा सहभागिलाई निरन्तर कक्षामा सहभागि हुन अपिल गर्दै बेसिक कम्प्युटर सम्बन्धि ज्ञानले सहभागीलाई सहयोग पुग्ने बताए ।

खाँडाचक्र नगरपालिका भित्रका सबै वडाका गरी २२ जनालाई सबै कुरा सिकाउने बताए । कार्यक्रममा डाइनामिक मल्टि टेक्निकल ट्रेनिङ्ग सेन्टरका संचालक जीवन राज देवकोटा, पत्रकार किरण अधिकारी,लिलाराज संज्याल, लगाएत विद्यार्थिहरुको सहभागिता रहेको थियो।