पलाँतामा अस्थाई प्रहरी चौकी थप,

असोज २४,कालीकाेट। जिल्लाको पलाँता गाउँपालीकामा अस्थाई प्रहरी चौकिको स्थापना भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्रि महेन्द्र वहादुर शाहीद्धारा पलाँताको कहरदेवमा अस्थाई प्रहरी चौकिको आज एक कार्यक्रमा विच उद्घान गर्नुभएको छ । कहरदेवमा अस्थाई प्रहरी चौकी स्थापना भएपछि स्थानिय वासिलाई राहत भएको छ ।

लामो समय पछि कालिकोटको पलाँतामा अस्थायी प्रहरस् चौकी स्थापना हुदा सवैमा शुसियालि छाएको छ । मान्मा सदरमुकाम देखि करिव १८ कोष टाढा रहको पलाँतामा लामो संघर्ष पछि अस्थायी प्रहरी चौकी स्थापना भए पछि स्थानियवासि हर्षित भएका छ । साना तिना मुद्धा मामिलाका लागि दिन भरीको वाटो हिडेर इलाका प्रहरी कार्यालय थिर्पु आउनु पर्ने वाध्यताको अन्त्य भएको छ ।

अस्थायी प्रहरी चौकि उद्घाटन कार्याक्रममा कृषि भुमि ब्यवस्था तथा सहकारी मन्त्री कुर्मराज शाही,सांसद विन्दमान विष्ट र प्रदेश प्रहरी प्रमुख नायब महानिरिक्षक गणेश वहादुर ऐर, कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाल आर्चाय,प्रहरी प्रमुुख डिएसपी चक्र वहादुर शाह,लगाएत पलाँताका स्थानिय वासिको उपस्थिति रहेको थियो ।