भुक्तानि दिन हतार

असार २२,कालिकोट।  आर्थिक वर्षको अन्तिममा कालिकोटका जनप्रतिनिधि र कर्मचारीलाई खर्चालु कामको हतार थपिने गरेको छ । आर्थिक वर्ष २०७८/७९ सकिन अब एक हप्ता बाँकी रहेकाले भुक्तानि दिन हतार भएको हो ।
पालिकाका कार्यालयहरुमा अहिले विभिन्न योजनाको भुक्तानी लिन उपभोक्ता समिति र ठेकेदारको भिडभाड बढेको पाईन्छ ।

बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचन लगत्तै आर्थिक वर्ष २०८७९/८० का लागि निति तथा कार्यक्रम र बजेट निर्माणमा व्यस्त भएका कालिकोटका जनप्रतिनिधि र कर्मचारिलाई अहिले चालु आर्थिक वर्षको हरहिसाब मिलाउन भ्याईनभ्याई भएको छ ।

पचालझरना गाउँपालिकाका लेखा प्रमुख पुर्णचन्द्र काफ्लेले आर्थिक वर्षको अन्तिम भएकाले कामको अत्याधिक बोझ थपिएको बताए । जिल्लाका ९ वटा पालिकामा भुक्तानि लिन आउने हरुले हतार गर्नेगरेका छन् ।

जिल्लामा असारमा सबै योजनाको भक्तानि दिने प्रचलनले धेरै समस्या हुने गरेको राष्ट्रिय वाणज्य बैंकका शाखा प्रबन्धक गणेश आचार्याले बताए । उनले भने ‘वर्षभरी कामको तेति बोझ हुदैन असारमा खाताखोल्ने र भुक्तानि लिनेले हतार गर्ने गरेको बताए ।’

जिल्लाका बैंकहरुमा भुक्तनिलिन र खाताखोल्न आउनेहरुले खचाखच भरिने गरेका छन् । जल्लको खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रप्रसाद श्रेष्ठले योजनाहरुको भुक्तानि दिन भ्याईनभ्याई हुने गरेको बताए । उनले भने ‘काम समयमै सकिए पनि असार मसान्तमा मात्र भुक्तानिलिने प्रवितिले धेरै चटारो हुने गरेको छ ।’