MCC र जयसिंह धामीको न्यायका बिरुद्ध कालिकोटमा प्रदर्शन

भाद्र २२,कालिकोट। माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियू र युवा संघले राष्ट्रघाती MCC सम्झौता र जयसिंह धामिको न्यायका बिरुद्ध कालिकोटमा बिरोध प्रदर्शन गरेको छ।

दार्चुलामा नेपाली युवक तुइनबाट महाकालीमा खसेको विषय,गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको बिषय र MCC सम्झौता विरोधमा  प्रदर्शन गर्दा प्रहरी हस्तक्षेपले गृह मन्त्री र मोदीको पुत्ला जलाउन नपाएको अनेरास्ववियूका केन्दीय सचिवालय सदस्य हिक्मतजंङ मल्लले जानकारी दिनुभयो।

कार्यक्रममा गृह मन्त्री कहाँछौँ? कारवाही भोग्न तयार छौँ।,राट्रघाती MCC खारेज गर।,अमेरीकी साम्राज्यवाद मुर्दावाद,REJECT MCC जस्ता नारा लगाईएको युवा संघ प्रदेश सदस्य गोभिन गुरुङले बताउनु भयो थियो।