असोज २०,कालिकोट । नेपाली कांग्रेस कालिकोटले जिल्लाका सबै तहमा सर्बसम्मत नेत्तृव चयन गरेको छ ।देशभरमै एउटा नमुना अधिवेशन गरेर सबैलाइ नयाँ सन्देश दिएको भन्दै प्रशंसा भइरहेकाे छ ।
गुटबन्दिले चिरा चिरा परेको कांग्रेसलाइ सबै तहमा सर्बसम्मत गरेर कालिकोट कांग्रेसले पार्टीलाइ एकताको सुत्रमा बाध्ने उदाहरणीय कार्य गरेको हो।
कालिकोट कांग्रेसका नेताहरुबाट अरु जिल्लाका नेताहरुले पनि सिक्नु पर्ने भन्दै प्रशंसा भइरहेको छ।नेता भुपेन्द्रजंग शाहीका अनुसार कालिकोट कांग्रेसको जिल्ला अधिवेशनबाट अम्मबहादुर शाही सर्वसम्मत सभापति चयन गरीएको छ। कालिकोटमा जिल्ला सभापतिसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएको हो।
कालिकोटका ८२ वटा वडा, ९ वटा पालिका, २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए ।
सहमतिमै महाधिवेशन प्रतिनिधि पनि निर्वाचित भएको कालिकोट कांग्रेसले जनाएको छ । यसरि वडा देखि जिल्ला सम्म सबै तहमा सर्सम्म्त नेत्त्रुत्व चयन गर्ने कालिकोट नमुना जिल्ला बनेको छ ।
‘कालिकोटमा पनि देउवा र पौडेल समूह छ, तर हामी दुबै पक्ष एकै ठाउँमा बसेर देशभर कांग्रेसलाई एकतावद्ध बनाउन सन्देश दिन सफल भयौं,’
केन्द्रको गुटको प्रभाव जिल्लामा पर्न नदिन आफूहरुले सहमतिमा जोड दिएको नेता भुपेन्द्रजंग शाहीले बताए । ‘पार्टीलाई बलियो र एकतावद्ध बनाएपछि मात्रै हामीले अरुसँग प्रतिस्पर्धा गर्न सक्छौं भन्ने निष्कर्षकका साथ सहमतिमा जोड दियौं,’ उनले भने, हाम्रो प्रतिस्पर्धा पार्टीभित्र होइन, अरु पार्टीसँग हो । हामी एक भएपछि मात्रै आउने चुनाव जित्न सक्छौं ध्येयका साथ कालिकोट कांग्रेस एक ढिक्का भएको हो ।’
karnalipress
२० आश्विन २०७८, बुधबार ०७:४६