एमाले ओलीको आयोजित सभामा थामि नसक्नु भीड: नतिजा शून्य

जेठ ७,कालिकोट  । चैत १७ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कालिकोट  पुगे। चुनावलक्षित उनको सभामा कालिकोट बासिको भीड लाग्यो र त्यसलाई नेकपा एमालेले पार्टीप्रतिको आकर्षणका रुपमा प्रचार समेत गर्‍यो।

ओलीले त्यही सभामा भने, ‘नेकपा एमालेप्रतिको जनताको आकर्षणले गठबन्धनको सरकारलाई छटपटी भइरहेको छ।’कालिकोटको खाँडाचक्र नगरपालिकाकाे मान्ममा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बिकाश गर्ने पार्टी एमाले भएको बताउदै। ‘ढुक्क हुनुहोस् र कालिकोटको विकास गर्न हामी तयार छौं।’

ओलीको सभामा पुगेको भीडले स्थानीय तह निर्वाचन २०७९ मा एमालेलाई नपत्याएको देखिएको छ। ९ वटा  स्थानीय तह रहेको कालिकोटमा नेकपा एमालेबाट पालिका प्रमुखमा शून्य  भएको छ।

नाैवटै स्थानीय तहको अन्तिम मतगणना सार्वजनिक हुँदा नेपाली कांग्रेसले दुई  पालिका प्रमुख र एक पालिका उपाध्यक्ष,नेकपा माओवादी केन्द्रले पाँच पालिका प्रमुख,चार उपाध्यक्ष  छन्। एमाले तीन पालिका उपाध्यक्ष तथा बागि उम्मेदवारले दुई  पालिका प्रमुख जितेका छन्।