
असोज १६,कालीकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी कालीकोट जिल्लामा यूवाहरुको सहभागीता देखिन थालेको छ । धेरै पुरानो पार्टी अर्थात खस भाषामा भन्दा वुढो पार्टीमा बालाहरुको सहभागीतालाई अर्थका साथ हेरिएको छ ।
जिल्लामा युवाको सानो समुह सहभागी भएपनि निर्वाचन क्षेत्र प्रदेशमा भने युवाहरुको इन्ट्री भएको छ । पार्टीको सातौ एकता अधिवेशनमा पलाँता गाउँपालिका वडा नं ८ साविकको थिर्पु गाबिस वडा नं ५ मा २०४९ साल वैशाख १० गते जन्मेका मदन रोकाया छोटै समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश अध्यक्ष सम्म पुग्नु भएको छ ।
रोकायाले २०६० साल देखि बिद्यार्थी राजनितिवाट आफ्नो यात्रा सुरुवात गरेको पाईन्छ ।रोकायाले एक कार्याकाल सचिव र दुई कार्याकाल पार्टीको जिल्ला सचिव पदमा रहेर काम गर्नु भएको थियो । त्यसपछि पत्रकारीता क्षेत्रमा पनि सक्रिय रोकाया पलाँता गाउपालिकाको अध्यक्ष हुदै हाल सातौ जिल्ला एकता अधिवेशनमा प्रदेश ख को अध्यक्षमा सर्ववम्वत निर्वाचित हुनुभएको छ ।
प्रदेश अध्यक्ष रोकायाले आफुले मान्ममा भात खाएको पैसा तिर्न समेत समस्या परेका वेला राजनितिवाट विचलीत नभएर मान्ममै दुदेशिल्ला प्रेस सोलुसन उद्योग स्थापना गरेर जोगिएको वताउनुभयो । समाज सेवामा लागिसकेपछि छोड्नु भएन । बिहान वेलुका छाक टार्न समेत समस्या भएकाले आफुले ब्यवसाय गरेर राजनिति यात्रालाई पनि संगै लिएको वतानुभयो । त्यसैको परिणाम आज आफु पार्टीको प्रदेश ख को अध्यक्ष सम्म पुगेको वताउनुभयो । मान्ममा वस्नुभयको छ । हाल कर्णाली प्रदेश सभा सचिवालयमा स्वकीय सचिव पनि हुनुहुन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बुढाहरुको पार्टीको संज्ञा दिने गरेकाले यस्तो खालको भम्र चयात्नलाई पनि पछिल्लो चरणमा यूवाहरुलाई नेतृत्व समाल्न भनी पार्टीका पुराना नेताहरुले यूवाहरुलाई अगाडी सारेको रोकायाको भनाई छ । पछिल्लो चरणमा वढीरहको चरम भष्टाचार र बेतिथी रोक्न र वेईमानीका विरुद्ध यूवाहरुको नेतृत्व अति आवस्यक भएको राप्रपाले ठहर गरेर सबै क्षेत्रमा युवाहरुलाई अगाडी सारेको उहाँको दावि छ । अव आफु प्रदेश सासदको उम्मेदवार समेत हुने लाईनमा रहेको रोकायाको भनाई छ ।



karnalipress
१६ आश्विन २०७८, शनिबार ११:०४