जेठ २९ ,काठमाडौँ। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूलाई पुनर्गठन गर्नुपर्ने माग उठेको छ। सुदेश पराजुली अध्यक्ष र आरती लामा महासचिव रहेको यो संगठनको बैठकसमेत बस्न नसकेको जनाउँदै सदस्यहरुले पार्टी अध्यक्ष माधव नेपालसहितलाई ज्ञापनपत्र बुझाएका हुन्।
संगठनमा स्थायी कमिटी सदस्य टीकाराम भण्डारीका अनुसार विभिन्न तीन बुँदे एजेन्डासहित मागपत्र बुझाइएको हो। जसमध्ये पहिलो नम्बरमा अनेरास्ववियूको पुनर्गठन गरिनुपर्ने, संगठनमा ३२ वर्षे उमेर हद र पदाधिकारी रहन कम्तीमा स्नातक पूरा गरेको हुनुपर्ने योग्यता कायम गर्न भनिएको छ।
त्यसैगरी उक्त उमेर र शिक्षाको हदबन्दीले बिदा हुनेहरूलाई मातृपार्टीले महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने माग पनि उनीहरुले गरेका छन्।
karnalipress
२९ जेष्ठ २०७९, आईतवार १८:४१