नवनिर्वाचित जनप्रतिनिधिलाई उद्योग वाणिज्य संघकाे बधाई तथा सम्मान

जेठ २४,कालिकोट । उद्योग वाणिज्य संघ कालिकोटकाे आयोजनामा कालिकोटका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्याक्रम गरिएको छ ।

उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्ष रतनबहादुर शाहीकाे अध्यक्षता तथा नवनिर्वाचित पालिकाका प्रमुख,उपप्रमुखहरुको आतिथ्यतामा बधाई तथा सम्मान कार्यक्रम गरेको हो  ।

कार्यक्रममा रास्कोट नगरपालिका,पलाँता गाउँपालिका,पचालझरना गाउँपालिका, शुभकालिका गाउँपालिका, सान्नीत्रिवेणी गाउपालिका,नरहरीनाथ गाउँपालिकाका प्रमुख उपप्रमुखहरुको आतिथ्यता रहेको बताइएको छ ।

कालिकोटका नवनिर्वाचित प्रमुख उपप्रमुखहरुले आगामी दिनमा आवश्कतानुसार सहयोग समन्वय गरेर कार्यक्रम संचालन गर्न सकिने भनाई थियो।