
बैशाख १०,कालिकोट । नेकपा माओवादी(केन्द्र)को तर्फबाट चुनावी घोषणा पत्र सार्वजनिक गरिएको छ। पार्टीले महावै गाउँपालिकाको उम्मेदवार खेमबहादुर सिंह छनोट गरेपछी शनिवार चुनावी घोषणा पत्र सार्वजनिक गरीएको हो।
नेकपा माओवादी (केन्द्र) महावै गाउँकमिटिले उम्मेदवार छनोट गरेपछी महावै गाउँपालिकालाई समवृद्ध बनाउनको लागि र महावैलाई बिकासमा जोड्न दिन घोषणा पत्र सार्वजनिक गरीएको छ।
आगामि पाँचबर्षे अवस्था परिवर्तनको रणनैतिक परिकलपना,गर्न नेकपा माओवादी (केन्द्र) महावै गाउँकमिटिले आगामी चुनावकालागि प्रतिबद्धता पत्र सार्वजनिक गदै आगामी बैशाख ३० गते हुने निर्वाचन पछी जनतामाझ गर्ने कामको बारेमा जानकारी गराएको छ ।
महावैको चुनावी घोषणा पत्र सार्वजनिक प्रतिबद्धता कार्यक्रममा गाउँपालिका अध्यक्षका उम्मेदवार खेमबहादुर सिंह र उपाध्यक्षका उम्मेदवार कृष्णकला शाही (काफ्ले)ले आगामी ५ वर्ष भित्र गर्ने कामको बारेमा प्रतिबद्धता पत्र सार्वजनिक गदै आफुहरुले जितेमा यी चुनावी घोषणा पत्र सवै कार्यान्वयन गने बताएका छन् ।
प्रतिबद्धता पत्रमा आफुहरुले बिजेता हासिल गरेमा ट्रमा सेन्टर सञ्चालन गर्ने,गाउँपालिकाको एकजनालाई एमबिबिएस पढाउने,गाउँपालिकामा शहिद नमुना आवासिय विद्यालय स्थापना गर्ने,कृषिमा आधुनिकताका गर्ने,फ्री वाइफाइ,सडकको स्तर उन्नति,का साथै अन्य प्रतिबद्धता गरिएको छ । कार्यक्रममा गाउँकमिटी अध्यक्ष हर्क बहादुर शाहि,माओवादी केन्द्रका प्रतिनिधि सभा सामस्द दुर्गबहादुर शाही महावैका नेता तथा कार्यक्रताका साथै पत्रकारहरुको उपस्थिति रहेको छ ।
यस्ता छन्,प्रतिबद्धताहरू




karnalipress
१० बैशाख २०७९, शनिबार १६:५७