संरक्षण कार्यालयमै आत्महत्या

ललित विष्ट असोज ७,कालिकोट । कालिकोटको खाँडाचक्र १ मान्ममा रहेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको कार्यालयमा २५ वर्षीया गीताकुमारी जैसी शाहीले आत्महत्या गरेकी छन् । आईतवार बिहान ९ बज शौचालयको ढोकामा सलमा आत्महत्या गरेको अवश्थामा फेलापरेकी हुन्। सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका क्रमचारी खाना खान गएको समयमा उनले आफुलाइ ट्वाइलेट लागेको बताएको र पछि आउदा शौचालयको ढोकामा आत्महत्या गरेको सोसेक नेपालकी गिता ओलिले बताइन् ।

गते भाद्र २२ गते मान्म बजार बाट ४ वर्षीय छोरासहित गिता बेपत्ता भएकि थिइन् । त्यसको केही दिन पछि २४ गते नेपालगन्जबाट कालिकोट ल्याईएको थियो । त्यसयता सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले संरक्षणमा राखेको थियो । कालिकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी १ लुसा माइत भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीया छोरा टेकेन्द्र माइत र पोहिले दुबैले राख्न नमाने पछि सोसेको जिम्मामा राखिएको प्रहरीको भनाइ छ ।

२४ गते आफ्न्तले जिम्मा लिन नमाने पछि काउन्सिलिङको लागि र शुरक्षाको लागि सोसेकमा राखिएको र शनिवार दिउसो बयानको लागि प्रहरी कार्यालयमा बोलाएको थियो । उनले आफुले बयान दिदा २२ गते आफै भागेर गएको बताएकी छन् । उनका आफन्त नमराज सुवेदी,गंगाराम जैसी,अमृता न्यौपाने अहिले अपराधीउप्रध केसमा प्रहरीको हिरासदमा रहेका छन्।

उनी दैखेल भगवतीमाई ५ कट्टी घर भएर मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । १५ वर्षदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका शाहीले पटकपटक हिंसा दिदै आएका थिए ।

यस्तो घटना हुनुमा दुखद भएको प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले बताए । उनले भने बास्तवीक तथ्य कुरा प्रहरीको अनुसन्धाबाट हुने बताए ।  प्रहरीको अनुसन्धानमा दोसी उमकीन नपाउने डिएसपी अजुर्न केसीले बताए । मर्न बाध्य वनाइएको माइतीपक्षको आरोप छ । माइती र पोइली पक्षमा जानेबाटो केही नदेखेको काराण मृत्यृ भएको बताइएको छ। गिता दानबहादुर शाहीकी कान्छी पत्नी हुन्।

अहिले सम्म शव उठाउने काम भएको छैन् पहिले पनि दिनदिनै कुटपिट गरेर घरमा बस्न दिएनन्, अदालतमा अंश र सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् । उनले दानबहादुरले गीतालाई पहिले बलात्कार गरेर गर्भवती बनाएरपछि दोश्रो पत्नीको रुपमा स्वीकार गरे पनि हिंसा गर्दै आएको बताइन् । मान्म बजारमा बस्दै आएकी गीता हिंसा पीडित महिला हुन् ।