काबुल विमानस्थल नजिकै विस्फाेट

ठमाण्डाै – काबुल विमानस्थल नजिकै ठूलाे विस्फाेटकाे आवाज सुनिएकाे विवरणहरू सार्वजनिक भएका छन् । विभिन्न सामाजिक सञ्जालमा पाेस्ट गरिएका तस्बिरमा धुँवाकाे कालाे मुस्लाे देखिएकाे बीबीसीले जनाएकाे छ ।

अफगान स्वास्थ्य मन्त्रालयले पनि काबुल विमानस्थल नजिक विस्फाेट भएकाे पुष्टि गरेकाे छ । विस्फाेटमा के–कति क्षति भयाे भन्नेबारेमा भने विवरण प्राप्त भइसकेकाे छैन ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले विमानस्थल नजिकै रहेको एउटा घरमा रकेट ठोक्किएको जनाएका बीबीसीमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति जाे बाइडेनले विस्फाेट हुन सक्ने चेतावनी दिइरहँदा काबुल विमानस्थल नजिकै विस्फाेट भएकाे हाे ।

यसअघि बिहीवार पनि काबुल विमानस्थलबाहिर विस्फाेट भएकाे थियाे । त्याे विस्फाेटमा एक सय ७० जनाभन्दा बढीकाे ज्यान गएकाे थियाे । त्यस विस्फाेटमा डेढ सयभन्दा धेरै घाइते भएका थिए ।