ओढेको कम्बल पोलिएर राउटे युवा घाइते

२०७९पुस २०, दैलेख ।
दैलेख – अगेनाको आगोले ओढिरहेको कम्बल पोलिएर राउटे युवा घाइते भएका छन् । नारायण नगरपालिका–८ सालेतडामा बस्तै आएका ३८ वर्षीय नारायण शाही पोलिएर घाइते भएका राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।

राति सुत्दा आगो बालेर सुत्ने प्रचलनका कारण पनि कम्बल ओेढेको कम्बलमा आगो सल्किएको खत्रीको भनाई छ । संगै सुतेकी नारायणकी श्रीमति सुन्दरी शाहीले कम्बल सल्किएको थाहा पाएपछि परिवारजनले पोलिँदै गरेको कम्बल हटाएका बताइएको छ ।

घाइते नारायण शाहीको छाति, दाहिने पाखुरा पछिल्तिर ढाडमा समेत पोलिएको छ । घाइतेको उपचार दैलेख जिल्ला अस्पतालमा भइरहेको छ । ‘जिल्लामा उपचार सम्भव छ तर समय अलि लाग्छ’ उपचार संलग्न दैलेख जिल्ला अस्पतालका डा. प्रयासराज सिवाकोटीले बताए  ।

मंगलवार सामाजिक सुरक्षा भत्ता पाएपछि उन्मत्त मदिरा खाएका र आफै पनि सुस्त मनस्थितिको व्यक्ति भएको कारण आगो सल्किने वित्तिकै उनले थाहा पाउन सकेको महामुखिया महिनबहादुर शाहीले भने  । ‘नखाऊ भन्दा मान्दैनन्, रक्सीले धेरै खतम पारेको छ ।’

अन्धविश्वास र पुरातन चालचलनले स्वास्थ्यमा चासो नदिएको कारण राउटे समुदायको स्वास्थ्य जोखिममा पर्दै आएको छ । पढ्न जाने, नागरिकता लिने र खेती किसानी हामीले गर्न मिल्दैन भन्ने बिश्वास बोकेका राउटे समुदायलाई स्वास्थ्य शिक्षा र व्यवहार परिवर्तन गराउन सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाले खास सुधार ल्याउन सकेको छैन ।

हरेक २–३ महिनामा बस्ती सर्दै गर्ने राउटे समुदाय नेपालको एउटा मात्र फिरन्ते समुदाय हो । अहिले राउटेहरुको जनसंख्या एक सय ४३ जना मात्र छ । खानपिन र रहनसहन स्वास्थ्य अनुकुल नभएको कारण राउटहरुको जनसंख्या घट्दै आएको छ ।


२०५८ मा एक सय ८० जना, २०६८ को जनगणनामा एक सय ६६ जना जनसंख्या रहेको राउटे समुदायको बारे पहिलो पटक गुराँस गाउँपालिकाले संकलन गरेको तथ्यांक अनुसार २०७४ असारमा एक सय ४९ जना रहेकोमा अहिले एक सय ४३ जना छ ।


फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पाँच वर्ष अघि गुराँस गाउँपालिका – ८ ले स्थानीय नागरिकका रुपमा परिचयपत्र वितरण गरे यता संघीय सरकारले गुराँस गाउँपालिका ८ नं. वडा कार्यालय मार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।


राउटे लगायत कुसुण्डा, हायु, किसान, मेचे, मेचे, वनकरिया, सुरेल, राजी, लोप्चा, कुसवाडिया जाति दिइने सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिक सरह हरेक महिना चार हजारको दरले पाउने गर्दछन् । सरकारले उनीहरुलाई २०६३ देखि ज्येष्ठ नागरिक सरह दिन थालेको हो