
असोज ३१,कालीकोट। कोरोना सङ्क्रमणका बिरामीका लागि वनाईएका आईसोलेसन खालि भएका छन । जिल्ला सदरमुकाम संगै बिभिन्न स्थानीय तहमा निमार्ण गरिएका आईसोलेसन रित्तीएका छन । कोरोनाका बिरामी आउन छोडेपछि आईसोलेसन रित्तीएको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त ब्यवस्थापक डाक्टर रत्नबिर सुनारले कोरोनाका बिरामीको संख्या कोभिड अस्पतालमा सुन्यमा झरेको वताउनुभयो । जिल्लामा रहेको कोभिड अस्पतालमा बिरामी कोही नभएको र स्थानीय तहले वनाएका आईसोलेसनमा पनि कुनै बिरामी नभएकाले सबै आईसोलेसन खाली भएको वताउनुभयो । उहाँले कोभिड भने जिल्लामा अन्ते नभएको सुनाउनुभयो ।
होम आईसोलेसनमा एक जना कोरोनाका बिरामी छन । डाक्टर सुनारले उनिहरु स्वास्थ्यक्रर्मीको निग्रानी भने भएको वताउनुभयो । जिल्ला सदरमुकाम समेत भएकाले कोभिड अस्पताल संगै खाँडाचक्र नगरपालिकाले निमार्ण गरेको ४० वेर्डको आईसोलेसनमा पनि बिरामी छैनन । खेलकुद बिकास समितिको मिनि कवर्ड हलमा निमार्ण गरिएको आईसोलेसन दवाफका बिच एक महिना आगाडी खाली गरिएको थियो ।
कालीकोटमा हाल सम्म जम्मा सङ्क्रमितको संख्या दुई हजार २१७ जना पुगेका छन । ५७३ जनाको पिसिआर एक हजार ६४४ जना एन्टिजेन परिक्षणवाट कोरोना पुस्टी भएका थिए । हाल सम्म निको भएर जानेको संख्या दुई हजार २०९ जना छ भने सात जनाको मृत्यु भएको थियो ।
कालीकोटमा दोस्रो चरणको कोरोना पोजेटिभ धेरैमा देखिएको थियो । हाल कोरोनाका बिरामी आउन पनि छोडेका छन । कुनै पनि लक्षण नद्खिएका कारणले परिक्षण गर्न पनि छोडिएको छ ।



karnalipress
३१ आश्विन २०७८, आईतवार ०६:४६