
श्रावण ९, सुर्खेत । कर्णाली प्रदेशको सुर्खेत,दैलेख र कालिकोटको विद्युत सेवा बन्द भएको छ। ३३.केभी प्रशारण लाइनको सुर्खेत क्षेत्रमा दिउँसो परेको पानीका कारण विद्युत लाइनमा समस्या देखिएको हो ।
शनिवार दिउँसाे परेकाे वर्षासँगै चलेकाे हावाहुरीले रूखकाे हाङ्गा,विङ्गा तारमा लागेपछि विद्युत लाइनमा समस्या देखिएकाे हुन सक्ने र विद्युत लाइन सुचारु हुन समय लाग्ने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख टंकराज गिरीले बताउनु भयाे ।अहिले सुर्खेत ,दैलेख र कालिकोटको विद्युत सेवा बन्द भएको छ ।
।



karnalipress
९ श्रावण २०७८, शनिबार २१:१४