२५ भाद्र २०८१,मान्म। कालीकोटका जनताले सही नेतृत्व नछान्दा अहिले पनी कालीकोट पछाडि परेको नेकपा एमाले कालीकोटका ईन्चार्ज नगेन्द्र शाही नेश्नलले बताएका छन्।
उनले कालीकोटबाट प्रतिनिधित्व गर्ने सासंदले,कालीकोटको विकासको लागि बोल्नुपर्छ कि भनेर,संसदमा निन्द्राको गोलि खाएर जानेगरेको आरोप लगाएका छन्।
कार्यक्रर्ता भेटघाटमा कालीकोट पुगेका शाहीले कालीकोटको विकास,स्वास्थ्य,शिक्षा,सडक लगाएतको विषयमा महेन्द्रबहादुर शाहीले कुनैपनी चासो नदेखाएको बताए ।
उनले भने ‘जनताले सही नेतृत्व नछान्दा अहिलेसम्म पछाडीनु परेको छ।’ कालीकोटका हरेक विषयमा आवाज उठाउने ठाउँमा उनले कुनै विषयमा आवाज नउठाएको बताएका छन् ।
karnalipress
२७ भाद्र २०८१, बिहीबार ०८:१२