भत्किएको काँक्रेबिहार मन्दिर ठडियो

४ पुष,सुर्खेत। सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको काँक्रेबिहार मन्दिर पुरानै संरचनामा तयार भएको छ। शिखर शैलीको उक्त मन्दिरलाई पुरातत्व विभागले ठेक्का दिएर पुरानै संरचनामा तयार पारेको हो।यो मन्दिर विक्रम सम्बत् १८९० सालको भुइँचालोले भत्काएको थियो।

काँक्रेबिहार मन्दिर भत्किएको १८८ वर्षपछि ठडिएको हो। अहिले यो मन्दिरलाई २१.५ मिटर उचाइको बनाइएको छ।झण्डै २ सय वर्षसम्म भग्नावशेषको रूपमा रहेको यो मन्दिरबारे काठमाडौंका प्रेमसिंह बस्न्यातले विद्यावारिधि शोधपत्र गरेका थिए।१८९० को भूकम्पले काँक्रेबिहार मन्दिर भत्किएको उल्लेख गरेकाको वीरेन्द्रनगर–९ का वडा अध्यक्ष सुरेश मानन्धरले बताए।