प्रहरीको कुटाईबाट हमालको मृत्यु

फागुन २१,सुर्खेत । कालिकोटका कृष्ण हमालको सुर्खेतमा मृत्यु भएको छ ।

नेपालगञ्जबाट भे १ क ९२२ नम्बरको ट्रकमा सुर्खेत आउँदै गर्दा उनको मृत्यु भएको हा । आफन्तले प्रहरीको कुटाईबाट मृत्यु भएको आरोप लगाएका छन् ।

प्रहरीले मदिरा सेवन गरेको भन्दै निर्घात कुटपिट गर्दा उनको ज्यान भएको आफन्तको आरोप छ । अहिले ट्रक चालक र खलासी प्रहरी नियन्त्रणमा रहेका छन् । मृतकका कोखामा निलडाम देखिएका छन् । उनको शव अहिले सुर्खेत हस्पिटलमा रहेको छ ।

प्रहरीले रसिद काट्ने बहानामा कुटपिट गरेको आरोप उनका आफन्तको छ ।

मृतकका भाइ नातापर्ने आफन्त देविकृष्ण पाण्डेले भने, ‘हिजो राती एघार बजे उहाँहरु ट्रकमा चढेर सामानसहित सुब्बाकुनामा आउनु भएछ । सुब्बाकुनाको चेकपोस्टमा ड्राइभरलाई प्रहरीले लाइसेन्स देखाउन भनेछन् । प्रहरीले ड्राइभरलाई हानेको रहेछ । त्यसपछि ट्रकमा सवार मृतक दाजुले चिट काटनुस किन हानेको भनेर भन्नु भएछ । त्यसपछि प्रहरीले कुटपिट गरेको रहेछ ।’

मृतकका अर्का आफन्त दाजु रत्न पाण्डेले प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका हमालको उपचारका क्रममा निधन भएको खवर आफूले पाएको बताए ।

प्रहरीले उनलाई मापसे गरेर आएको भन्दै निर्घात कुटपिट गरेको आफन्तको आरोप छ । आफन्तहरुले घटानमा संलग्नलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । उता अस्पताल प्रशासनले प्रेस विज्ञप्ति जारी गर्दै अस्पताल ल्याउनुपुर्व नै हमालको मृत्यु भईसकेको जनाएको छ ।