ऐतिहासिक पचालझरना देउडा महोत्सव असोज १५ देखि हुने,

ललित बिष्ट भाद्र २९, मान्म। कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा देउडा महोत्सव हुने भएको छ। कर्णालीको कला सस्कृती संरक्षण गर्ने उदेश्यले असोज १५ देखि १८ गते सम्मा देउडा महोत्सव गर्न लागिएको हो ।

कर्णाली प्रदेश कला,साहित्य प्रतिष्ठान,कला संस्कृति संरक्षण प्रतिष्ठान सुर्खेतको आयोजना र पचालझरना गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाको केन्द्र पडेच्छामा असोज १५ देखि १८ गते सम्मा देउडा महत्सव हुने प्रतिष्ठानका अध्यक्ष कटक बमले जानकारी दिनुभयो ।

कर्णलीका रैथाने संस्कृतिको रुपमा रहेको देउडा संस्कृतिलाई पर्यटन संस्कृतिका रुपमा लिन र कर्णालीको परिचयका रुपमा रहेको देउडालाई देश बिदेशमा चिनाउन यो महोत्सव  गर्न लागेको बताईएको छ।

महोत्सवमा बरिष्ठ देउडा गायकारहरुको उपस्थीति रहने छ। महोत्सवको लागि गाउँपालिकाले १५ लाख बजेटको ब्यवस्था गरेको र महोत्सवमा कलाकारहरुलाई उचित पुरुस्कार र सम्मानको ब्यवस्था गरेको  गाउँपालिका अध्यक्ष  खड्गराज सेजुवालले बताउनु भयो।