अति जोखीममा परेका वालवालिकालाई किर्डाक नेपाल र युनिसेफको आर्थिक सहयोग

ललित बिष्ट भाद्र १५,कालिकोट। किर्डाक नेपाल र युनिसेफ नेपालले खाँडाचक्र नगरपालिकाका दुईजना वालवालिकालाई आर्थिक सहयोग गरेको छ । किर्डाक नेपालको सुर्खेत शाँखाले जिल्ला भरीका कोभिड १९ तथा अन्य कारणले जोखीममा परेका वालवालिकालाई आर्थिक सहयोग गर्ने भनिएता पनि बिबिध कारणले सबैलाई सहयोग गर्न नसके पछी पहिलो चरणमा थोरै भए पनि खाँडाचक्र नगरपालिका वडा नं.४ र ११ का २ जना वालवालिकालाई ४,४ हजार रुपैया आर्थिक सहयोग गरेको किर्डाक नेपालमा कार्यरत प्रदिप बोहोराले जानकारी दिनुभयो।

उक्त आर्थिक सहयोग रकम नेकपा एमाले जिल्ला अध्यक्ष नगिन्द्र शाही नेश्नल,मार्फत जिल्लामा बोलाएर उनिहरुलाई हस्तान्त्रण गरीएकोे हो।  खाडाँचक्र नगरपालिका वडा नं. ४ की रतिकला आचार्याको छोरा लोकेन्द्र आचार्या,र खाडाँचक्र नगरपालिका वडा नं.११ की लक्षीमा तिरुवाको छोरा सुसिल तिरुवालाई बिहिबार सहयोग रकम हस्तान्त्रण गरीएको किर्डाक नेपालमा कार्यरत ईन्युमेटर सत्य भट्टराईले बताउनुभयो।

वालवालिकाका अबिभाबकले सहयोग गर्ने संस्थालाई धन्यबाद दिदै सहयोगलाइ निरन्त्रता दिन आग्रह गरेका छन् । उक्त राहत रकम हस्तान्त्रण गर्दै पार्टी अध्यक्ष शाहीले सहयोगी दातालाई धन्यवाद दिदै उनिहरुलाई प्रत्यक्ष रुपमा राहत रकम सहयोग गर्न नसके पनि किर्डाक नेपाल र युनिसेफ नेपालले सहयोग गरेको रकम हस्तान्त्रण गदै उक्त रकम फजुल खर्च नगरी वालवालिकाको शिक्षा,स्वास्थ्य लगाएत अत्यावश्यक कुरामा खर्च गर्न आग्रह गर्नुभयो ।