अध्यक्ष केसीद्धारा लुसा पहिरोको अनुगमन, रोकथामका लागि विज्ञसँग छलफल गर्ने ।।

कालिकोट, :
गत असोज १९ गते देखि आएको अविरल वर्षाका कारण लुसामा गएको पहिरोको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले अनुगमन गर्नुभएको छ । वर्षा रोकिएपनि निरन्तर सुख्खा पहिरो बग्न थालेपछि पहिरोको अवस्था बुझ्न अध्यक्ष केसी शुक्रवार लुसा पुग्नु भएको हो ।
सुख्खा पहिरो वग्न थालेपछि गाउँ नै पहिरोको जोखिममा परेको र कर्णाली करिडोरको वाटो खुलाउन समेत समस्या भएको छ । रेगिलको नजिकै भएर वग्ने पहिरोले कर्णाली करिडोर बन्द त गरेको नै छ पैदल यात्रा गर्न पनि निकै समस्या भएको स्थानियले बताएका छन ।
उक्त पहिरो रोकथाम तथा नियन्त्रण गर्नका लागि के गर्न सकिन्छ भनेर स्थलगत अनुगमन सँगै स्थानिय सँग सल्लाह र सुझाव लिएको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी ( महेस ) ले बताए । अझै पनि निरन्तर सुख्खा पहिरो बगिरहेको छ । उनले भने, यसले गाउँलाई पनि जोखिममा पारेको छ । कर्णाली करिडोर संचालनमा पनि समस्या आएको छ । कतिवेला माथि वाट पहिरो आएर पुर्छ भन्ने एकिन गर्न सकिन्न ।
वडा नं. १ लुसामा गएको पहिरोले जमिन पुरै चिरा चिरा पारेको अध्यक्ष केसीले बताए । पहिरो रोकथाम तथा नियन्त्रणका लागि र यसको थप अवलोकनका लागि विज्ञ टोली र सरोकारवाला पक्षहरु सहित प्रमुख जिल्ला अधिकारी सहित सम्वन्धित स्थलमा वोलाउने उनले बताए ।
लुसाको पहिरो रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयलाई नेपाली सेना लगाएर पन्छाउन वा पानिले वगाउउ अनुरोध गरेपनि त्यो काम सुरु हुन नसकेको उनले बताए । लुसामा वगिरहेको पहिरो रोकथाम तथा नियन्त्रणका लागि बरिष्ठ जियोलोजिष्ट सँग सल्लाह तथा परामर्श लिई त्यस क्षेत्रको माटो परिक्षण गरि आवश्यक पहल गरि पहिरो रोकथाम तथा नियन्त्रण गर्ने अध्यक्ष केसीले बताए ।