असोज २१,कालीकोट। कालीकोट जिल्लाका एक युवाले दोहोरो नागरिकता लिएको पाईएको छ । तराईमा प्रया भईरहने घटना हिमाली तथा पहाडी जिल्लामा पनि हुन थालेका छन । सान्नीत्रिवेणी गाउँपालिका वडा नं ४ का संगम शाही भनिने पछ्यौरी डन शाही र निरमकुमार शाही एउटै ब्यक्ति भएको पुस्टी भएको छ । शाहीले पहिलो नागरिकता लिएको नौ वर्ष पछि फेरी अर्को नागरिकता लिएको पाईएको छ ।
पहिलो नागरिकता लिएको मिति २०६७ साल चैत्र २१ गते हो भने नाम परिवर्तन गरी दोस्रो नागरिकता २०७६ साल वैशाख १६ गते निरम कुमार शाहीको नामवाट लिनु भएको छ । प्रमुख जिल्ला अधिकारी चन्द्रवहादुर कार्कीको पालामा लिएको दोस्रो नागरिकतामा जन्म मिति पनि सच्चाईएको छ ।
अघिल्लो नागरिकताका उल्लेखित जन्म मिति भन्दा यसमा एक वर्ष वढाएर २०५० साल वैशाख ५ गते राखिएको छ । पहिलो नागरिकतामा जन्म मिति २०४९ साल वैशाख ५ गते उल्लेख गरि लिएको छ ।यसको प्रतिलिपि २०६९ साल जेठ २ गते लिनु भएको छ । त्यसमा उहाँले पछ्यौरी डन शाही नाम दावि गरिएको छ ।
अघिल्लो नागरिकतामा साविकको मेहेलमुडी गाउँ बिकास समिति वडा नं १ ठेगाना उल्लेख छ । यो गाविस हाल साननीत्रिवेणी गाउँपालिकामा परिणत भएको छ । वडा पनि समायोजना हुदा ४ वनेको छ । दोस्रो नागरिकता निरमकुमार शाहीको नामवाट लिदा उहाँले हालको ठेगाना उल्लेख गर्नु भएको छ ।
बिभिन्न ठगी धन्दामा संलन्न यि ब्यक्तिले कसैसंग पैसा लिने वेला नागरिकता नै दिने गरेका कारणले पटक पटक प्रतिलिपि लिएको उनलाई चिन्नेहरुले वताउने गरेका छन । दोस्रो नागरिकता लिदा वडा नं ४ का वडाअध्यक्ष अनिपाल धामी सिफारिस कर्ता लेखिएको छ । तर अध्यक्ष अनिपाल धामीले भने आफुलाई उ वदमास हो भन्ने कुरा पहिला नै थाह भएकाले आफुले उसका लागि कुनै पनि सिफरिस नदिएको दावी गर्नु भएको छ ।
पहिलोमा भने तत्कालिन गाविस सचिव भुवनसिहं शाहीले सिफारिस गर्नु भएको छ । जन्म दर्तालाई आधार मानेर नागरिकता लिएको जिल्ला प्रशासनको ढड्डामा देखिन्छ । नागरिकतामा पहिलोमा प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालले हस्ताक्षर गर्नु भएको छ भने दोस्रोमा चन्द्रवहादुर कार्कीले हस्ताक्षर गर्नु भएको छ । दुवै नागरिकतामा वुवा धनवहादुर शाहीको नाम उल्लेख छ । अनिपाल धामीले भने आफुले
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले दोहोरो नागरिकता लिएको जानकारी भएको र वाँकी बिषयमा खोजि भईरहेको वताउनुभयो । उहाँले सिफारिस कर्ता र सनाखतमा वस्नेले पनि जानी जानी वदमासि गरिएकाले अनुसन्धान हुने वताउनुभयो ।
कैदभुक्तान गदै, फेरी ठगी धन्दामै
वाँके जिल्ला अदालत मिति २०७४ साल फागुन १४ गते कारागार कार्यालय वाँकेलाई लेखेको पत्रमा ठपग मुद्धामा २०७२ साल असोज २० गतेको फैसला अनुसार ६ महिना कैद र २८ हजार जरिवाना भएकाले उनि २०७३ साल पुस १० गते देखि थुनामा रहेका कारणले त्यो अवधि घटाई रु १७४००। असुल उपर गरी यस आदालतको मिति २०७३ साल ४ महिना १४ गतेको कैदी पुर्जि अनुसार गर्न अनुरोध गरिएको छ । उनि बिभिन्न मुद्धामा जेल जाने र कहिले कैद मुक्त त कहिले धरौटीमा छुट्दै आएका छन ।
हाल भने उनि सल्यान कारागारमा रहेका छन । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाका अनुसार ठगि मुद्धामा कारागार गएको एक महिना जति भएको र उनको नामा काठमाण्डौ, धादिङ, वाँके, सुर्खेत, कैलालीमा समेत ठगिका मुद्धा रहेका छन । महिलालाइ प्रयोग गरी वढि ठगी गर्ने गरेको पिडितहरुले वताएका छन। गोरखापत्र बाट साभार
karnalipress
२१ आश्विन २०७८, बिहीबार १९:३२