तिलागुफा नगरपालिकाले विद्यालय सञ्चालनमा ल्यउदै

ललित बिष्ट भाद्रा ९,मान्म जिल्लाको तिलागुफा नगरपालिकाका विद्यालय सञ्चालनमा ल्याउन अनुरोध गरीएको छ।बुधबार तिलागुफा नगर पालिकाले सामुदायिक तथा संस्थागत बसै विद्यालय  सञ्चालनमा ल्याउन पत्रचार गरी अनुरोध गरेको हो।

भाद्रा १ गते जिल्लास्तरीय कोभिड(१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको नगरपालिका निमित प्रमुख प्रशासकीय अधिकुत लक्ष्मण प्रसाद चौलागाँईले जानकारी दिनुभयो।

जिल्ला कोभिड(१९ व्यवस्थापन समितिले कोभिडको जोखिम कम रहेका स्थानीयतहमा विद्यालय सञ्चालनका लागि दिएको निर्देशन अनुसार जिल्लाका सबै स्थानिय तहमा विद्यालय सञ्चालन गर्न लागिएको छ ।

नगरपालिकाका सबै वडामा विद्यालय सञ्चालन गर्नकालागि परिपत्र गरीसकेको हुदा स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गरि बसै विद्यालय  सञ्चालनमा ल्याउन  अनुरोध गरीएको उहाँले बताउनभयो ।