
कालीकोट मंसिर १३। कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडानं.१ निलाखामा मिनिट्रक दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। लालिघाट देखि निर्माणाधीन सुनथराली विमानस्थलको सामान बोकेर गएको बा.५ ख.८६४३ नम्बरको मिनिट्रक बिहान ७ बजेर ४५ मिनेटमा दुर्घटनामा परेको हो।
मिनिट्रक दुर्घटना परी नरहरीनाथ गाउँपालिका वडानं.१ का ६५ बर्षिय जयहादुर बिष्टको निधन भएको र सोही गाउँका गाडि साहु नेत्रबहादुर बिष्ट गम्भीर घाईते भएको वडाअध्यक्ष प्रिती बिष्टले जानकारी दिए।
“उनका अनुसार गाडिमा चार जना सवार रहेको र चार जना मध्य एकको मुत्यु भएको र एकजना घाईतेको थप उपचारको लागि जिल्ला अस्पताल कालीकोट लैजाने तयारी भईरहेको छ,चालक,सहचालकलाई सामान्य चोट लागेको हुदा स्थानिय अस्पतालमा उपचार भईरहेको छ।”
घाइतेको थप उपचारको लागि हेलिकप्टरकाे पहल भईरहेकाे प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए।
karnalipress
१३ मंसिर २०७८, सोमबार १०:५८