
जेठ २४,कालिकोट। जिल्ला समन्वय समितिको पदाधिकारीमा गठबन्धनको प्यानलनै विजयी भएको छ। प्रमुखमा नेकपा माओवादी केन्द्रका धनजित शाही (आदर्श) र उपप्रमुखमा नेकपा माओवादी केन्द्रकि मिना रावत(विश्वकर्मा) निर्वाचित भएकी छन् ।
अन्य सदस्यहरु नेकपा माओवादी केन्द्रका अजय बहादुर बम,वीर बहादुर रावत,अप्सरा कुमाल,मुर्जा कुमारी रोकाया९फडेरा०छन् भने, नेपाली काँग्रेसका धनबहादुर शाही,काली बहादुर नेपाली त्यस्तै नेकपा एकीकृत समाजवादीका धनसरा बिष्ट निर्वाचित भएकि छन् ।
समन्वय समिति प्रमुखमा गठबन्धनका उम्मेदवार धनजित शाही (आदर्श)ले १५ मत ल्याएर विजयी भएका छन् भने शाहीका प्रतिद्वन्द्वी नेकपा एमालेका तुलाराज शाहीले भने २ मत ल्याएका छन् ।
गठबन्धनको संयुक्त विजयी र्याली समेत गरिरहेको छ ।
नौ वटा स्थानीय तह रहेको कालिकोट जिल्लामा नेकपा माओवादी केन्द्रले खाँडाचक्र नगरपालिका उपमेयर,स्कोट नगरपालिका मेयर,पचालझरना गाउँपालिका अध्यक्ष र उपाध्यक्ष,पलाँता गाउँपालिका अध्यक्ष र उपाध्यक्ष,शान्नित्रिवेणि गाउँपालिका अध्यक्ष,महावै गाउँपालिका अध्यक्ष,शुभकालिका गाउँपालिका अध्यक्ष र नरहिनाथ गाउँपालिकामा उपाध्यक्ष जितेको छ।
त्यस्तै नेपाली काँग्रेसले तिलागुफा नगरपालिका मेयर,नरहरिनाथ गाउँपालिका अध्यक्ष र शुभकालिका गाउँपालिका उपाध्यक्ष जितेको छ,नेकपा एमालेले तिलागुफा नगरपालिका उपमेयर,शान्नित्रिवेणि गाउँपालिका उपाध्यक्ष र महावै गाउँपालिका उपाध्यक्ष जितेको छ त्यस्तै नेकपा एकीकृत समाजवादीले रास्कोट नगरपालिका उप(मेयर जितेको हो ।
खाँडाचक्र नगरपालिका मेयर मा भने स्वतन्त्रबाट कमल शाहीले जितेका हुन्।शाहीले पनि जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनको प्यानल लाई नै भोट दिएका छन्। नेकपा एमाले बाट तिलागुफा नगरपालिकाका उपमेयर महेन्द्र बहादुर शाही लाई पितृ शोक परेकाले उपस्थिति हुन् सक्नु भएन्।



karnalipress
२४ जेष्ठ २०७९, मंगलवार १५:४०