
जेठ २५,कालिकोट । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले तिला कर्णाली बहुमुखी क्याम्पसको भौतिक संरचना तयार हुने बित्तिकै हाइड्रोपावर इन्जिनियरिङ विष पढाइ हुने बताएका छन् ।
तिला कर्णाली बहुमुखी क्याम्पसले आयोजना गरेको मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति अन्य पदाधिकारी तथा कालिकोट जिल्लाबाट नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपकुलपति सिंहले कालिकोट जस्तो दुर्गम ठाउँमा हाइड्रो इन्जिनियर पढाइका लागि सहज गराउनु आफूलागि पर्ने बताएका हुन् ।
उनले नवनिर्वाचित जनप्रतिनिधिलाई शिक्षा क्षेत्रमा ३० प्रतिसद बजेट छुट्टाउनु पर्ने बताउदै शिक्षा क्षेत्रकाे बिकासकाे लागि मध्यपश्चिम विश्वविद्यालयलाई पनि केही बजेट सहयोग गरेमा दुर्गमका विद्यार्थीकाे शिक्षा क्षेत्रमा राम्रो बिकास हुने बताए ।
उनले कालिकोट जस्तो विकट ठाउँमा एउटा मात्र मध्यपश्चिम विश्वविद्यालय भएको ठाउँमा सबै स्थानीय तहले सहयोग गरेमा शिक्षामा आमुल परिवर्तन हुने बताए।
सो कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिलाई समेत स्वागत सम्मान गरिकाे छ । स्वागत तथा सम्मान कार्यक्रममा तिला कर्णाली बहुमुखी क्याम्पसका प्रमुख रुद्रप्रसाद सापकोटाले क्याम्पसका अवस्थाका बारेमा जानकारी गराएका थिए।




karnalipress
२५ जेष्ठ २०७९, बुधबार १८:०१